घरसँगै जले पाँच दशकका अक्षर, खरानीमाझ बसन्त चौधरीको ‘शब्द तर्पण’
काठमाण्डौ । तस्वीरमा मानिस उही छन्, उभिएको ठाउँ पनि उही हो। तर उनको पछाडिको संसार भने पूरै बदलिएको छ।एउटा तस्वीरमा आकर्षक काठका रेलिङसहितको सिँढी छ। उज्यालो र जीवन्त घरभित्र प्रतिष्ठित उद्योगी तथा साहित्यकार बसन्तकुमार चौधरी आत्मविश्वासका साथ उभिएका छन्। अर्को तस्वीरमा त्यही सिँढीका अवशेष छन्- जलेका भित्ता, चर्किएको छत र उजाड बनेको परिवेश। त्यसको बीचमा चौधरी मौन उभिएका...

