बीएफआईएनको आठौँ वार्षिकोत्सवमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाण्डौ। बैंकिङ, फाइनान्स तथा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) ले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन १४ अगस्ट २०२६ मा काठमाण्डौस्थित र्याडिसन होटलमा आयोजना हुनेछ।‘फ्युचर–रेडी फाइनान्सियल सिस्टम्सः लिडरसिप, सस्टेनेबिलिटी एन्ड ट्रान्सफर्मेसन अमिड ग्लोबल अनसर्टेन्टी’ विषयवस्तुमा आयोजना हुने...

