बिहीबार, श्रावण २८,२०८३ 06:25:21
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 06:25:21
Bizshala
Global IME Bank Limited

बीएफआईएनको आठौँ वार्षिकोत्सवमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

Prabhu Bank Limited
बीएफआईएनको आठौँ वार्षिकोत्सवमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
New Office

काठमाण्डौ। बैंकिङ, फाइनान्स तथा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) ले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन १४ अगस्ट २०२६ मा काठमाण्डौस्थित र्‍याडिसन होटलमा आयोजना हुनेछ।

‘फ्युचर–रेडी फाइनान्सियल सिस्टम्सः लिडरसिप, सस्टेनेबिलिटी एन्ड ट्रान्सफर्मेसन अमिड ग्लोबल अनसर्टेन्टी’ विषयवस्तुमा आयोजना हुने सम्मेलनमा विश्वव्यापी अनिश्चितताको अवस्थामा बैंकिङ, वित्त तथा बीमा क्षेत्रको भविष्यबारे छलफल हुनेछ।

सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्रमुख अतिथिका रूपमा गर्नेछन्। नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य डा। रविन्द्रप्रसाद पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

उद्घाटन समारोहमा बीएफआईएन जर्नलको सातौँ अंक सार्वजनिक गरिनेछ। साथै, क्षेत्रीय सहकार्य विस्तार गर्ने उद्देश्यले बीएफआईएन र भारतको साउथ एसियन युनिभर्सिटी तथा बीएफआईएन र चीनको द क्यापासिटी–बिल्डिङ अलायन्स अफ सस्टेनेबल इन्भेस्टमेन्टबीच दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछन्।

सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपालस्थित आवासीय प्रतिनिधि प्रणव गुप्ता, साउथ एसियन युनिभर्सिटीका अध्यक्ष प्रा. के.के अग्रवाल, अक्टसईएसजीकी संस्थापक तथा प्रबन्ध निर्देशक नमिता विकास, मास्टरकार्ड इन्डियाकी निर्देशक आस्था प्रियदर्शी लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ।सम्मेलनमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, नियामक निकाय, सरकारी संस्था, शैक्षिक क्षेत्र तथा विकास साझेदार संस्थाबाट २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रमले वित्तीय क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच ज्ञान आदानप्रदान, व्यावसायिक सञ्जाल विस्तार र क्षेत्रीय सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने बीएफआईएनले जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा बीएफआईएनले द्यँक्ष्ल् ीभबचलष्लन ७ म्भखभयिऊभलत ९ी७म्० ब्धबचम द्दण्द्दट समेत प्रदान गर्नेछ। बैंकिङ, वित्त तथा बीमा क्षेत्रमा व्यावसायिक विकास र क्षमता अभिवृद्धिमा उत्कृष्ट योगदान पुर्‍याउने संस्थालाई उक्त अवार्ड प्रदान गरिनेछ।

कार्यक्रमलाई मास्टरकार्डले प्रमुख शीर्षक प्रायोजकका रूपमा सहयोग गरेको छ। वरुण बेभरेजेज नेपाल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, सूर्यज्योति लाइफ इन्स्योरेन्सलगायत संस्थाहरू मुख्य प्रायोजक रहेका छन्।

कुमारी बैंक, महालक्ष्मी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, गरिमा विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, हिमालयन बैंक, फोनपे, केयर रेटिङ्स नेपाललगायत विभिन्न संस्था सिल्भर स्पोन्सरका रूपमा सहभागी छन्।

त्यसैगरी भारत, चीन, श्रीलंका, बंगलादेशलगायत विभिन्न देशका वित्तीय क्षेत्रका विज्ञ तथा नेपाल राष्ट्र बैंक, बैंक तथा बीमा क्षेत्रका वरिष्ठ अधिकारीहरू पनि वक्ताका रूपमा सहभागी हुने बीएफआईएनले जनाएको छ।

सम्मेलनमा चारवटा विशेष सत्र र तीनवटा उच्चस्तरीय प्यानल छलफल सञ्चालन हुनेछन्। छलफलमा विश्वव्यापी समष्टिगत आर्थिक अनिश्चितता, भूराजनीतिक परिवर्तन र वित्तीय स्थायित्व, पूर्वाधार वित्त, परिवर्तनशील विश्वमा नेतृत्व, दिगो तथा समावेशी वित्त, जलवायु जोखिम, ईएसजी डिजिटल भुक्तानी, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता तथा वित्तीय प्रणालीको भविष्य लगायतका विषय समेटिनेछन्।

बीएफआईएनका अनुसार सम्मेलनको उद्देश्य वित्तीय संस्थालाई थप लचिलो र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउन व्यावहारिक ज्ञान तथा क्षेत्रीय अनुभव आदानप्रदान गर्नु हो।

सम्मेलनमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, नियामक निकाय, सरकारी संस्था, शैक्षिक क्षेत्र तथा विकास साझेदार संस्थाबाट २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रमले वित्तीय क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच ज्ञान आदानप्रदान, व्यावसायिक सञ्जाल विस्तार र क्षेत्रीय सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने बीएफआईएनले जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा बीएफआईएनले द्यँक्ष्ल् ीभबचलष्लन ७ म्भखभयिऊभलत ९ी७म्० ब्धबचम द्दण्द्दट समेत प्रदान गर्नेछ। बैंकिङ, वित्त तथा बीमा क्षेत्रमा व्यावसायिक विकास र क्षमता अभिवृद्धिमा उत्कृष्ट योगदान पुर्‍याउने संस्थालाई उक्त अवार्ड प्रदान गरिनेछ।

कार्यक्रमलाई मास्टरकार्डले प्रमुख शीर्षक प्रायोजकका रूपमा सहयोग गरेको छ। वरुण बेभरेजेज नेपाल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, सूर्यज्योति लाइफ इन्स्योरेन्सलगायत संस्थाहरू मुख्य प्रायोजक रहेका छन्।

कुमारी बैंक, महालक्ष्मी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, गरिमा विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, हिमालयन बैंक, फोनपे, केयर रेटिङ्स नेपाललगायत विभिन्न संस्था सिल्भर स्पोन्सरका रूपमा सहभागी छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.