देशभर ११.६४ % ले बढ्यो घरजग्गा कारोबार, करिब ४ अर्ब उठ्यो राजस्व
काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा देशभर ४३ हजार ८ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ। यो गत आर्थिक वर्ष सोही महिनाको तुलनामा ११.६४ प्रतिशतले बढी हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्ष साउनमा देशभर ३९ हजार दुई सय ६३ संख्यामा कारोबार भएको थियो।