पृथ्वी राजमार्ग अवरुद्ध भएपछि भरतपुर–काठमाण्डौ हवाई यात्रुको चाप बढ्यो
काठमाण्डौ । पृथ्वी राजमार्गको कृष्णभीरलगायत विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित भएपछि भरतपुर–काठमाण्डौ हवाई यात्रुको चाप उल्लेख्य रूपमा बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट काठमाण्डौ हुने हवाई उडानको संख्या दोब्बरभन्दा बढी पुर्याइएको छ।हाल भरतपुरबाट काठमाण्डौका लागि बुद्ध एयरले मात्र नियमित उडान सञ्चालन गर्दै आएको छ। बुद्ध एयरको भरतपुर कार्यालयका प्रमुख...

