भरतपुर विमानस्थलमा हवाई इन्धन रिफिलिङ सेवा सुरु
काठमाण्डौ । भरतपुर विमानस्थलमा हवाई इन्धन रिफिलिङ सेवा सुरु भएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि औपचारिक रूपमा इन्धन आपूर्ति सुरु गरेको हो । यससँगै विमानस्थलको सञ्चालन क्षमता र विश्वसनीयता दुवैमा सुधार आउनुका साथै क्षेत्रीय हवाई सेवा थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।हाल भरतपुर–काठमाण्डौ–भरतपुर दैनिक उडान र आंशिक रूपमा भरतपुर–पोखरा–भरतपुर उडान...

