भोटेकोसीमा खसेको गाडीको उद्धारमा खटेकालाई हौसला दिन घटनास्थल पुगे गृहमन्त्री गुरुङ
काठमाण्डौ । भोटेकोसी नदीमा शनिबार साँझ चालकसहित खसेको विद्युतीय सवारीसाधन र चालकको खोजीका लागि राज्यका तीनवटै सुरक्षा निकायले व्यापक उद्धार अभियान सञ्चालन गरेका छन्। उद्धार कार्यको अनुगमन तथा सुरक्षाकर्मीको मनोबल बढाउन गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थल पुगेका छन्।

