शुक्रबार, आश्विन २,२०८३ 04:30:56
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 04:30:56
Bizshala
Global IME Bank Limited

भोटेकोसीमा खसेको गाडीको उद्धारमा खटेकालाई हौसला दिन घटनास्थल पुगे गृहमन्त्री गुरुङ

भोटेकोसीमा खसेको गाडीको उद्धारमा खटेकालाई हौसला दिन घटनास्थल पुगे गृहमन्त्री गुरुङ
New Office

काठमाण्डौ । भोटेकोसी नदीमा शनिबार साँझ चालकसहित खसेको विद्युतीय सवारीसाधन र चालकको खोजीका लागि राज्यका तीनवटै सुरक्षा निकायले व्यापक उद्धार अभियान सञ्चालन गरेका छन्। उद्धार कार्यको अनुगमन तथा सुरक्षाकर्मीको मनोबल बढाउन गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थल पुगेका छन्।

Shivam Cement
Bizshala
CG Motors

घटनास्थलको निरीक्षणपछि १० वटा ड्रोन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा गोताखोरलाई परिचालन गरिएको छ। उनीहरूले कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङको खोजी तीव्र बनाएका छन्।

Muktinath Bikas Bank Limited

जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्धार अभियानको समन्वय गरिरहेको जनाएको छ। समितिका अनुसार दुर्घटनास्थल गहिरो खोँचमा रहेको, नदीको पानी अत्यधिक धमिलो भएको तथा किनारमा विशाल चट्टान रहेका कारण उद्धार कार्य निकै जोखिमपूर्ण र चुनौतीपूर्ण बनेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.