सातै प्रदेशको बजेट सार्वजनिक: पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष जोड
काठमाण्डौ । देशका सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । अधिकांश प्रदेशले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै बजेट ल्याएका हुन् ।

