अर्थमन्त्री पौडेल आज बजेट ल्याउँदै: १९ खर्ब रुपैयाँभन्दा ठूलो आकार, के के आउँदैछ नयाँ ?
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। अर्थमन्त्री विष्णु पौडेलले अपराह्न ३ बजे सार्वजनिक गर्न लागिएको बजेटको आकार १९ खर्ब रुपैयाँभन्दा बढी हुने पक्का भएको छ।सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहन दिने, मध्यम वर्गलाई राहत दिने, कर्मचारीका लागि आकर्षक प्याकेज ल्याउने र ठूला पूर्वाधार आयोजना अगाडि बढाउने...