मुग्लिङ-नारायणगढ सडकखण्डमा भएको दुर्घटनामा घाइतेको सङ्ख्या ३३ पुग्यो
काठमाण्डौ । जिल्ला चितवन इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा दुई बस र एउटा ट्रक एकापसमा ठोक्किँदा घाइते भएका यात्रुको संख्या ३३ पुगेको छ ।आइतबार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१...

