काठमाण्डौ । चितवनको सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका तथा बेपत्ता भएकाको परिवारलाई २ लाखका दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । आज सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै यस्तो सिफारिस गरेको हो ।
विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड–०७७ असार परिवारको एकजना सदस्यको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा थप १ लाख रुपैयाँका दरले राहत दिने व्यवस्था अनुसार कार्यदलले २ लाखका दरले राहत दिन सिफारिस गरेको हो ।
कार्यदलले प्राकृतिक प्रकोपकै कारण सिमलतालमा दुईवटा बस दुर्घटना भएको निष्कर्ष निकालेको छ ।
कार्यदलले सनाखत भएका १९ जना र बेपत्ता ४० जना पीडितको घर ठेगानाको जिल्ला प्रशासन कार्यालयबाट राहत दिनुपर्ने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सिफारिस समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।