१७.१५% ले बढ्यो जीवन बीमा व्यवसाय, सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले दुई महिनामै ३५ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको भदौ महिनासम्ममा जीवन बीमकहरुले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १७.१५ प्रतिशत बढी हो । गत आवको भदौ महिनासम्ममा जीवन बीमकहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ प्रिमियम उठाएका थिए...