सोमबार, आश्विन ५,२०८३ 03:58:36
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 03:58:36
Bizshala
Global IME Bank Limited

१७.१५% ले बढ्यो जीवन बीमा व्यवसाय, सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ

१७.१५% ले बढ्यो जीवन बीमा व्यवसाय, सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले दुई महिनामै ३५ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको भदौ महिनासम्ममा जीवन बीमकहरुले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  

यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १७.१५ प्रतिशत बढी हो । गत आवको भदौ महिनासम्ममा जीवन बीमकहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ प्रिमियम उठाएका थिए ।  

सो अवधिसम्म आइपुग्दा सन नेपाल लाइफ बाहेक सबै कम्पनीको व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा उल्लेख्य बढेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौ मसान्तसम्ममा ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीले पनि भदौ मसान्तसम्म ४ अर्ब ८ करोड ३ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स रहेको यो कम्पनीले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।  

त्यस्तै, एलआइसी नेपालले ३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले ३ अर्ब १७ करोड २३ लाख रुपैयाँ सूर्यज्योति लाइफ इन्स्योरेन्सले २ एक करोड ५२ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब २० करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

साथै, आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ८ करोड ५८ लाख रुपैयाँ, मेट नेपालले १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब एक करोड ४० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ र सन नेपाल लाइफले ६० करोड ६६ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.