काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले दुई महिनामै ३५ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको भदौ महिनासम्ममा जीवन बीमकहरुले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १७.१५ प्रतिशत बढी हो । गत आवको भदौ महिनासम्ममा जीवन बीमकहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ प्रिमियम उठाएका थिए ।
सो अवधिसम्म आइपुग्दा सन नेपाल लाइफ बाहेक सबै कम्पनीको व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा उल्लेख्य बढेको छ ।
सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौ मसान्तसम्ममा ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीले पनि भदौ मसान्तसम्म ४ अर्ब ८ करोड ३ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स रहेको यो कम्पनीले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, एलआइसी नेपालले ३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले ३ अर्ब १७ करोड २३ लाख रुपैयाँ सूर्यज्योति लाइफ इन्स्योरेन्सले २ एक करोड ५२ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब २० करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
साथै, आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ८ करोड ५८ लाख रुपैयाँ, मेट नेपालले १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब एक करोड ४० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ र सन नेपाल लाइफले ६० करोड ६६ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।