तीन सातापछि खुल्यो भारततर्फ चिया निर्यातको बाटो, टी बोर्डको अनिवार्य नमूना परीक्षण फिर्ता
काठमाण्डौं । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा विगत तीन सातादेखि देखिँदै आएको अवरोध अन्ततः हटेको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा लागू गरिएको अनिवार्य नमूना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) सम्बन्धी प्रावधान फिर्ता लिएपछि नेपाली चिया निर्यात पुनः सहज बनेको हो।

