विश्व प्रसिद्ध क्यामेल ब्रान्डका लिथियम आयोन ब्याट्री नेपालमा उपलब्ध हुने
काठमाण्डौ । नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री र एड्भान्स्ड इनर्जी स्टोरेज सोलुसन सेक्टरमा समेत प्रवेश गर्ने भएको छ । नेपालमा पनि मोबिलिटी र पावर इन्डष्ट्रितिरको तीव्र रुपान्तरणलाई ध्यानमा राखेर नेपाली बजारमा समेत विश्व स्तरीय लिथियम प्रविधि उपलब्ध गराउने प्रतिबद्धताका साथ कम्पनी अगाडि बढेको बताएको छ...

