बिहीबार, बैशाख १७,२०८३ 06:22:31
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 06:22:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्व प्रसिद्ध क्यामेल ब्रान्डका लिथियम आयोन ब्याट्री नेपालमा उपलब्ध हुने

Bizshala
विश्व प्रसिद्ध क्यामेल ब्रान्डका लिथियम आयोन ब्याट्री नेपालमा उपलब्ध हुने
Shivam Cement

काठमाण्डौ । नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री र एड्भान्स्ड इनर्जी स्टोरेज सोलुसन सेक्टरमा समेत प्रवेश गर्ने भएको छ । नेपालमा पनि मोबिलिटी र पावर इन्डष्ट्रितिरको तीव्र रुपान्तरणलाई ध्यानमा राखेर नेपाली बजारमा समेत विश्व स्तरीय लिथियम प्रविधि उपलब्ध गराउने प्रतिबद्धताका साथ कम्पनी अगाडि बढेको बताएको छ ।

यसै सन्दर्भमा सत्यदिप इन्टरनेसनलले एसियाकै सबैभन्दा ठूलो र विश्वसनिय ब्याट्री निर्माता कम्पनीको रुपमा परिचित क्यामेल ग्रुपसँग सहकार्यको घोषणा गरेको छ । कम्पनीद्वारा उत्पादित ‘क्यामेल’ ब्रान्डका उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

क्यामेल ब्रान्डका दुईपांग्रे, तीनपांग्रे र ई–रिक्साका लागि उपयोगी लिथियम आयोन ब्याट्री उपलब्ध हुनेछन् । यी ब्याट्री दुईपांग्रे इलेक्ट्रिक मोटरसाइकल वा स्कुटर, तीनपांग्रे अटोरिक्सा, प्यासेन्जर ई–रिक्सा र कार्गो वा डेलिभरी भेइकलको रुपमा परिचित लोडरहरुमा प्रयोग गर्न सकिने छ । यी ब्याट्री दीर्घकालीन रुपमा टिकाउ छन् भने एड्भान्स्ड बीएमएस सहित बढी सुरक्षित छन् । नेपालको हावापानी अनुसार यी ब्याट्रीको पर्फमेन्स निकै नै राम्रो हुने कम्पनीको भनाइ छ ।

त्यसैगरी, होम युपीएस र इन्भर्टर सिस्टमका लागि उपयोगी लिथियम आयोन ब्याट्री पनि उपलब्ध हुनेछन् । यी ब्याट्री रेसिडेन्सियल युपीएस, होम इन्भर्टर र सोलार हाइब्रिड सिस्टमका लागि डिजाइन गरिएका छन् । यी ब्याट्री लिड एसिड ब्याट्री भन्दा पाँच गुणा टिकाउ हुन्छन् भने छिटो चार्ज हुने, उच्च प्रयोग क्षमताका साथै कम्प्याक्ट र मेन्टिनेन्स–फ्रि समेत छन् ।

यी वाहेक कम्पनीले कमर्सियल र इन्डष्ट्रियल स्टोरेजका लागि समेत उपयोगी कम्प्लिट सोलुसन विकास गरिरहेको छ । यी ब्याट्री साना वा ठुला उद्योग देखि सोलार इनर्जी स्टोरेज, टेलिकम टावर र डाटा सेन्टर तथा क्रिटिकल ब्याकअपमा समेत प्रयोग गर्न सकिन्छ ।

CG Motors
Garima Development Bank
IME remit

क्यामेल ग्रुप कम्पनी लिमिटेड सन् १९८० मा स्थापना भएको हो र यो हाल एसियाकै सबैभन्दा ठूलो र अग्रणी अटोमोटिभ ब्याट्री निर्माता कम्पनीको रुपमा परिचित छ । चीनको हुवेई प्रान्तको जियाङयाङमा यसको हेडक्वाटर रहेको छ । कम्पनी लिड–एसिड ब्याट्री, पावर लिथियम–आयोन ब्याट्री, इनर्जी स्टोरेज सिस्टम र वेस्ट ब्याट्री रिसाइक्लिङ वा ग्रिन म्यानुफ्याक्चरिङको विशेषज्ञ मानिन्छ ।

त्यसैगरी सन् २०२२ मा स्थापना भएको क्यामेलको सहायक कम्पनी युलेक्ट्रिक टेक्नोलोजी एड्भान्स्ड होम इनर्जी स्टोरेज सिस्टम र स्मार्ट लिथियम ब्याट्री टेक्नोलोजी लगायतमा केन्द्रित छ ।

लिथियम आयोन ब्याट्री व्यवसायमा प्रवेश पश्चात सत्यदिप इन्टरनेसनलले सफा मोबिलिटी, नवीकरणीय उर्जा प्रयोग, दिगो पावर भण्डारण र आधुनिक इन्डष्ट्रियल ब्याकअप सिस्टममा योगदान गर्ने लक्ष्य राखेको बताएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X