मानिसमा प्रयोग हुने क्यान्सर उपचार पाइथनमा सफल, १५ फिट लामो सर्पले पायो नयाँ जीवन
काठमाण्डौ । बेलायतको चेस्टर चिडियाखानामा १५ फिट लामो पाइथनमा मानिसको उपचारमा प्रयोग हुँदै आएको क्यान्सर उपचार विधि सफलतापूर्वक प्रयोग गरिएको छ। ‘जोडी फोस्टर’ नाम दिइएको २३ वर्षीया रेटिकुलेटेड पाइथनलाई इलेक्ट्रोकेमोथेरापी दिइएको हो।चिडियाखानाका अनुसार जबडाको हड्डीमा देखिएको ट्युमरका कारण पाइथनलाई खाना खान समस्या भइरहेको थियो। ट्युमर यसअघि सन् २०२४ मा शल्यक्रिया...

