आईतवार, आश्विन १८,२०८३ 01:14:23
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 01:14:23
Bizshala
Global IME Bank Limited

मानिसमा प्रयोग हुने क्यान्सर उपचार पाइथनमा सफल, १५ फिट लामो सर्पले पायो नयाँ जीवन

Bizshala
मानिसमा प्रयोग हुने क्यान्सर उपचार पाइथनमा सफल, १५ फिट लामो सर्पले पायो नयाँ जीवन
New Office

काठमाण्डौ । बेलायतको चेस्टर चिडियाखानामा १५ फिट लामो पाइथनमा मानिसको उपचारमा प्रयोग हुँदै आएको क्यान्सर उपचार विधि सफलतापूर्वक प्रयोग गरिएको छ। ‘जोडी फोस्टर’ नाम दिइएको २३ वर्षीया रेटिकुलेटेड पाइथनलाई इलेक्ट्रोकेमोथेरापी दिइएको हो।

चिडियाखानाका अनुसार जबडाको हड्डीमा देखिएको ट्युमरका कारण पाइथनलाई खाना खान समस्या भइरहेको थियो। ट्युमर यसअघि सन् २०२४ मा शल्यक्रिया गरेर हटाइएको थियो। तर गत वर्ष पुनः पलाएको ट्युमरले आसपासको हड्डीमा असर गर्न थालेपछि पशु चिकित्सकले थप उपचारको विकल्प खोजेका थिए।

शल्यक्रियामात्र पर्याप्त नहुने देखिएपछि चिकित्सकहरूले मानिसमा क्यान्सर उपचारका लागि प्रयोग हुने इलेक्ट्रोकेमोथेरापीलाई पाइथनमा अनुकूलन गर्ने निर्णय गरेका थिए। उपचारका क्रममा ट्युमर, जबडाको केही हड्डी हटाउनुका साथै बाँकी क्यान्सरग्रस्त कोष नष्ट गर्ने उद्देश्यले इलेक्ट्रोकेमोथेरापी गरिएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो उपचारमा ब्लोमाइसिन नामक केमोथेरापी औषधिसँग नियन्त्रित विद्युतीय तरंग प्रयोग गरिन्छ। विद्युतीय पल्सले औषधिलाई क्यान्सरग्रस्त कोषमा प्रभावकारी रूपमा प्रवेश गर्न सहयोग गर्छ।

चेस्टर चिडियाखानाका पशु चिकित्सक इयान एस्पोलका अनुसार सर्पका लागि यस्तो उपचार प्रयोग गर्ने विषयमा क्यान्सर विशेषज्ञहरूसँग समेत परामर्श गरिएको थियो। उनीहरूका अनुसार पाइथनमा यस किसिमको उपचार गरिएको यो पहिलो ज्ञात घटना हो।

करिब ९० मिनेट चलेको उपचारका क्रममा पाइथनको लम्बाइका कारण चिकित्सकहरूले दुईवटा अपरेसन टेबल प्रयोग गर्नुपरेको थियो।

उपचारपछि जोडीलको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको चिडियाखानाले जनाएको छ। हालै गरिएको परीक्षणमा उनको शरीरमा क्यान्सरको कुनै संकेत देखिएको छैन। उनी नियमित रूपमा खाना खान थालेकी छन् र पूरै कुखुरासमेत निल्न सक्ने अवस्थामा पुगेकी छन्।

‘उनी अहिले सामान्य रूपमा खाइरहेकी छन्, आफ्नो बासस्थानमा घुमिरहेकी छन् र हामीले अपेक्षा गरेजस्तै व्यवहार गरिरहेकी छन्,’ पशु चिकित्सक एस्पोलले बताएका छन्।

जबडाको केही भाग गुमाए पनि पाइथनले खाना समात्न र निल्न कुनै कठिनाइ भोगिरहेकी छैनन्। रेटिकुलेटेड पाइथनको जबडा अत्यन्त लचिलो हुने भएकाले उनीहरूले आफ्नो शरीरभन्दा निकै ठूलो शिकारसमेत पूरै निल्न सक्छन्। जबडाका हड्डीहरू तन्किन सक्ने लिगामेन्टमार्फत जोडिएका हुन्छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.