सेयर तालिमका नाममा हुने ठगी रोक्न ‘सर्टिफिकेसन प्रणाली’ तत्काल लागू गर्न लगानीकर्ताको माग
काठमाण्डौ । सेयर बजारसम्बन्धी तालिमका नाममा सर्वसाधारणलाई ठगी गर्ने गतिविधि बढ्दै गएको भन्दै सेयर लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष प्रशिक्षकको अनिवार्य ‘सर्टिफिकेसन प्रणाली’ तत्काल लागू गर्न माग गरेका छन् ।धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई बुझाइएको निवेदनमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत आधिकारिकता नभएका व्यक्तिहरूले महँगो शुल्क...

