चन्द्रागिरी हिल्स ४.७० करोड घाटामा, आम्दानीमा ४१% को गिरावट
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनी ४ करोड ७० लाख रुपैयाँ घाटामा गएको हो ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।कम्पनीको आम्दानी समेत घटेको छ । अघिल्लो आवमा ४२ करोड २५ लाख रहेको कम्पनीको आम्दानी ४१.०८ प्रतिशतले घटेर २४ करोड ८९...

