Capital Market

नयाँ सत्ता गठबन्धनप्रति लगानीकर्ता उत्साहित, नेप्सेमा लाग्यो पोजिटिभ सर्किट

काठमाण्डौ । एमालेसहितको नयाँ सत्ता गठबन्धनको खबरले लगानीकर्ता उत्साहित हुँदा आज सेयर बजार खुलेको ४ मिनेटमै पोजिटिभ सर्किट लागेर कारोबार स्थगित भएको छ ।  नेप्से परिसूचकमा बजार खुलेको ४ मिनेटमै ७९.२९ अंक(४.०४ प्रतिशत)को बढोत्तरी भएपछि नेपाल स्टक एक्सचेञ्जले कारोबार स्थगन गरेको हो ।