विश्वकै पहिलो कफी चुइङ गम नेपालमा बिक्री सुरु, मूल्य जम्मा साढे २ रुपैयाँ
काठमाण्डौ । गुडलाईफले आफ्नो नवीनतम उत्पादन ‘कफी गम’ बजारमा ल्याएको छ । यो विशेष चुइङ गम भएको र यसको केन्द्रमा वास्तविक कफी तरल रहेको कम्पनीले जनाएको छ । यो नयाँ प्रडक्ट कफीप्रेमी र गमका शौकीनहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो क्यापुचिनो र अमेरिकानो स्वादमा उपलब्ध छ ।