काठमाण्डौ । गुडलाईफले आफ्नो नवीनतम उत्पादन ‘कफी गम’ बजारमा ल्याएको छ । यो विशेष चुइङ गम भएको र यसको केन्द्रमा वास्तविक कफी तरल रहेको कम्पनीले जनाएको छ ।
यो नयाँ प्रडक्ट कफीप्रेमी र गमका शौकीनहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो क्यापुचिनो र अमेरिकानो स्वादमा उपलब्ध छ ।
प्रत्येक जारमा १५० वटा कफी गम समावेश गरिएको कम्पनीले जनाएको छ । उत्पादन १२ जारको काटुन प्याक गरिएको छ र प्रत्येक गमको मूल्य २.५ रुपैयाँ तोकिएको छ ।
शुभारम्भको अवसरमा, गुडलाईफले विशेष प्रचारात्मक प्रस्ताव बमोजिम दुई जार किन्दा एक निःशुल्क प्राप्त गर्नेछन्।
यो कफी गम असोज ४ गतेदेखि बजारमा उपलब्ध गराइएको छ ।