बूढीगण्डकीको बाढीले बगायो ९० मिटर लामो क्यान्टिलिभर पुल, चुमका दर्जनौँ गाउँको आवतजावत ठप्प
काठमाण्डौ । बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित महत्वपूर्ण क्यान्टिलिभर पुल बगाएको छ। आइतबार बिहान आएको बाढीले लोक्पास्थित सर्दिभिरमा निर्माण गरिएको ९० मिटर लामो पुल बगाएपछि तल्लो चुम क्षेत्रको आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको हो।पुल बगेसँगै चुमनुब्री गाउँपालिकाका वडा नम्बर ६ र ७ अन्तर्गतका विभिन्न गाउँको बाहिरी...

