रु.१० अर्बबराबरको विकास ऋणपत्र बिक्री गर्दै सरकार
काठमाण्डौ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । कार्यालयले तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको बोलकबोल आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । यसको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ र साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुनेछ ।