बंगलादेशको बजारमा शानदार बाउन्सब्याक, लगानीकर्तामा नयाँ आशा जाग्दा बजार साढे ३ वर्षकै उच्च विन्दूमा
बंगलादेश । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि बजार पुनरुत्थान हुने आशामा बंगलादेशको सेयर बजारले मंगलबार गतिलो बाउन्सब्याक गरेको छ । ढाका स्टक एक्सचेन्ज (डिएसई)को प्रमुख परिसूचक डिसेक्स १९७ अंक अर्थात ३.७७ प्रतिशतले बढेर साढे ३ वर्षयताकै सबैभन्दा माथि ५४२६ मा पुगेको छ ।