CORPORATE

NPL Season-2 अब केवल DishHome GO मा: सबै खेल ‘एड-फ्री’ लाइभ, विदेशबाट कसरी हेर्ने ?

काठमाण्डौ । आगामी नेपाली प्रिमियर लिग (NPL) को दोस्रो संस्करण अब सम्पूर्ण रूपमा DishHome GO एप तथा वेबसाइटमार्फत मात्र हेर्न सकिने भएको छ। क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) बाट प्राप्त OTT अधिकारपछि Dish Media Network ले ३२ वटै खेललाई मोबाइल, वेब र Android TV मा ‘एक्सक्लुसिभ’ रूपमा प्रसारण गर्ने तयारी पूरा गरेको जनाएको छ। प्रतियोगिता कीर्तिपुरस्थित TU क्रिकेट मैदानमा १६ मंसिर २०८२ सम्म चल्नेछ।