दश वर्षदेखि डलर देखाई ठगी गर्ने गिरोहका मुख्य योजनाकार सहित तीन जना पक्राउ
काठमाण्डौ । दश वर्षदेखि डलर देखाई ठगी गर्ने गिरोहका मुख्य योजनाकार सहित तीन जना पक्राउ परेका छन् । डलर देखाएर आम सर्वसाधारणलाई ठग्दै आएका मुख्य योजनाकार राम बहादुर तामाङसहित तीन जनालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा राम बहादुर, बीबी तामाङ र शंकर रेग्मी छन् । तीन जनालाई गोकर्णेश्वर नगरपालिका ४ तालिञ्चोकबाट पक्राउ गरिएको...