दोहोरो आईजीन आउन नदिने पियोर इनर्जीको प्रयास विफल, अदालतले दिएन अन्तरिम आदेश
काठमाण्डौ । विभिन्न शक्तिकेन्द्रहरुलाई प्रभाव पारी लामो समयदेखि आफ्नो दूनो सोझ्याउँदै आएको गोल्यान ग्रुपकै कारण सेयर बजारमा दोहोरो आईजीनको व्यवस्था कार्यान्वयनमा लामो समयदेखि गाँठो पारिएको खुलेको छ । सिंगल आईजीन सम्बन्धी हालको व्यवस्था परिवर्तन नगर्न यो ग्रुपले गरेको चलखेललाई उच्च अदालतले पाटनले ब्रेक लगाइदिएसँगै यस्तो रहस्य खुलेको हो ।

