पेन्सन लिन अब कार्यालय धाउनु नपर्ने: अर्थमन्त्री वाग्लेद्वारा ‘ई-पेन्सन भेरिफिकेसन’ प्रणालीको उद्घाटन
काठमाण्डौ । नेपाल सरकारका ३ लाख ५२ हजार भन्दा बढी पेन्सनरहरूका लागि अब पेन्सन बुझ्न वा नवीकरण गर्न बैंक र सरकारी कार्यालयको लाइनमा बस्नुपर्ने सास्ती अन्त्य भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच अत्याधुनिक ‘ई-पेन्सन भेरिफिकेसन’प्रणालीको औपचारिक उद्घाटन गरे । राष्ट्रिय परिचयपत्रसँगआबद्ध...

