नेपालमा पहिलोपटक विद्यालयस्तरमै एआई, ब्लकचेन र साइबर सुरक्षाको अन्तर्राष्ट्रिय कार्यक्रम सुरु
काठमाण्डौ । नेपालमा विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गर्दै एआई, ब्लकचेन र साइबर सुरक्षा जस्ता अत्याधुनिक प्रविधिमा आधारित अन्तर्राष्ट्रिय कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। नेपाल इको प्यानलका संस्थापक तथा कम्प्युटर इन्जिनियरद्वय कृष्णभक्त दुवाल र सुवोध त्रिपाठीको पहलमा यो कार्यक्रम नेपाल भित्रिएको हो।एसियन ई–लर्निङ प्रालि र भारतस्थित ट्रान्सन्युरोन...

