नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक, ३५० किमि रेन्ज र १६७ किलोवाट फास्ट चार्जिङ
काठमाण्डौ । एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा नामी भिगो ई२ फुल एसयूभी सार्वजनिक गरेको छ। कम्पनीले गाडीको विशेष प्रारम्भिक मूल्य रु. ३५ लाख ९९ हजार तोकेको छ।यो मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ। नाडा अटो शोपछि भिगो ई२ को नियमित मूल्य रु. ३७ लाख ९९ हजार कायम हुनेछ।थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप रु. ८ लाख तिरेर भिगो ई२ प्लस रोज्न...

