बिहीबार, भाद्र ४,२०८३ 12:38:52
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 12:38:52
Bizshala
Global IME Bank Limited

नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक, ३५० किमि रेन्ज र १६७ किलोवाट फास्ट चार्जिङ

नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक, ३५० किमि रेन्ज र १६७ किलोवाट फास्ट चार्जिङ
New Office

 

काठमाण्डौ । एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा नामी भिगो ई२ फुल एसयूभी सार्वजनिक गरेको छ। कम्पनीले गाडीको विशेष प्रारम्भिक मूल्य रु. ३५ लाख ९९ हजार तोकेको छ।

यो मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ। नाडा अटो शोपछि भिगो ई२ को नियमित मूल्य रु. ३७ लाख ९९ हजार कायम हुनेछ।

थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप रु. ८ लाख तिरेर भिगो ई२ प्लस रोज्न सक्नेछन्। ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन्।

भिगो ई२ सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल, डोङफेङ मोटर कर्पोरेसनकी दक्षिण एसिया क्षेत्रीय प्रबन्धक नोएमी, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, निर्देशक पार्थ सिकारिया, एमएडब्लू ग्रुपको प्यासेन्जर कार डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी तथा एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पन्तको उपस्थिति थियो।

कार्यक्रममा एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ राष्ट्रिय बजेटपछि आएको सकारात्मक प्रभावलाई समेटेर भिगो ई२ को मूल्य संशोधन गरिएको बताए।

उनका अनुसार केही फिचर्सलाई योजनाबद्ध रूपमा समायोजन गर्दै गाडीको स्पेस, क्षमता र एसयूभी अनुभवलाई यथावत् राखी थप नेपाली ग्राहकको पहुँचमा पुर्‍याउने प्रयास गरिएको हो।

Bizshala
CG Motors

कम्पनीले भिगो ई२ लाई सहरभित्रको दैनिक प्रयोग, पारिवारिक यात्रा तथा लामो दूरीको यात्रालाई लक्षित गरी तयार गरिएको फुल एसयूभीका रूपमा प्रस्तुत गरेको छ।

कम्पनीका अनुसार यसको मुख्य विशेषता सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्स हुन्।

भिगो ई२ मा पाँच जनाका लागि फराकिलो क्याबिन उपलब्ध छ। गाडीमा पर्याप्त हेडरुम, सोल्डर रुम र लेगरुम दिइएको छ।

यसको ह्विलबेस २ हजार ७१५ एमएम रहेको छ भने बुट स्पेस ५७२ लिटर छ। कम्पनीका अनुसार यसले पारिवारिक तथा लामो दूरीको यात्रामा सामान राख्न पर्याप्त ठाउँ उपलब्ध गराउँछ।

फिचर्सतर्फ भिगो ई२ मा हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, ‘हेभन एन्ड अर्थ टेलगेट’ तथा डीजेआई सञ्चालित एडीएएस उपलब्ध छन्।

पर्फर्मेन्सतर्फ गाडीमा ५१.८७ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ।

कम्पनीका अनुसार भिगो ई२ ले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ३५० किलोमिटरसम्मको रेन्ज दिन्छ।

गाडीमा १९० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ भने यसले १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। यी विशेषताले नेपाली सडक र भौगोलिक अवस्थाका लागि गाडीलाई उपयुक्त बनाउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार हाल नेपालभर २ हजारभन्दा बढी नामी गाडी सञ्चालनमा छन्। भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा, सल्लेरीलगायत विभिन्न भूगोल र चुनौतीपूर्ण सडकमा परीक्षण तथा यात्रा गरिसकेको कम्पनीले जनाएको छ।

एमएडब्लू वृद्धि मोटर्सले ती यात्राले नेपालको विविध भू–बनोटमा भिगोको क्षमता प्रमाणित गरेको दाबी गरेको छ।

ग्राहकले नामीको शोरुम तथा नाडा अटो शोमा रहेको स्टलमा पुगेर भिगो ई२को प्रत्यक्ष अनुभव लिन तथा विशेष मूल्यमा बुकिङ गर्न सक्नेछन्।

कम्पनीले स्पष्ट पारेअनुसार रु. ३५ लाख ९९ हजारको विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ, त्यसपछि यसको नियमित मूल्य रु. ३७ लाख ९९ हजार कायम हुनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.