एन्थ्रोपिकको अहिलेसम्मकै ठूलो आईपीओ, ८१.३ अर्ब डलर उठायो
काठमाडौं। अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले हालसम्मकै ठूलो प्राथमिक शेयर निष्कासन (आईपीओ) मार्फत ८१ अर्ब ३० करोड अमेरिकी डलर जुटाएको छ । यससँगै कम्पनीले गत जुनमा ७५ अर्ब डलर जुटाएको स्पेसएक्सको कीर्तिमान तोडेको छ ।

