इन्टिग्रेसनका लागि एनएमबि बैंकद्वारा नागरिक एपसूचना प्रविधि विभागसँग सहकार्य
काठमाण्डौ । एनएमबि बैंकले नागरिक एप इन्टिग्रेसनका लागि नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ।यस सहकार्यसँगै अब एनएमबि बैंकका ग्राहकले नागरिक एपमार्फत अनलाइन बैंकिङ फारामहरू सहज रूपमा भर्न सक्नेछन्। यसबाट ग्राहकले आफ्ना व्यक्तिगत विवरण बारम्बार टाइप गर्नुपर्ने झन्झट हट्नुका साथै कागजी प्रक्रिया कम भई बैंकिङ सेवा थप सहज र छिटो हुने बैंकले जनाएको छ।

