संकल्प इन्भेस्टमेन्टको प्रिमियम यात्रा अनामनगरबाट सुरु
काठमाण्डौ । काठमाण्डौस्थित अनामनगर (सिंहदरबार पूर्वीगेट) मा संकल्प इन्भेस्टमेन्ट प्रालिले ‘एभरेस्ट कफी बिन्स’ को पहिलो फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ। आधुनिक लगानी सोच, गुणस्तरीय सेवा र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सुरु गरिएको यो आउटलेट अब कफी संस्कृतिसँगै बौद्धिक तथा कर्पोरेट भेटघाटको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

