डलरविरुद्ध एशियाली मुद्राहरुमध्ये भारतीय मुद्रा सबैभन्दा बलियो
काठमाण्डौ । अमेरिकी डलरविरुद्ध एशियाली मुद्राहरुमध्ये भारतीय मुद्रा(भारु) सबैभन्दा बलियो देखिएको छ । सन् २०२३ मा स्थिर रहेको भारुले यस वर्षको जनवरी महिनामा डलरविरुद्ध अन्य एशियाली मुद्राहरुको तुलनामा सबैभन्दा राम्रो प्रदर्शन गरेको हो । जनवरी महिनामा भारु ०.१ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा अमेरिकी डलरमा देखिएको २ प्रतिशतको वृद्धिका बाबजुद पनि भारु बलियो बनेको हो...