फ्लाइदुबईको पोखरा उडान समय ५० मिनेट पछाडि सर्यो
काठमाडौं । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा विन्टर शेड्युल लागू भएसँगै फ्लाइदुबईले दुबई–पोखरा–दुबई उडानको समय ५० मिनेट पछाडि सारेको छ ।नयाँ तालिकाअनुसार दुबईबाट आउने विमान बेलुका ७ः०५ देखि ७ः१० बजेसम्म पोखरा अवतरण गर्नेछ भने पोखराबाट ८ः०५ देखि ८ः१० बजे दुबईका लागि उड्नेछ । यसअघि विमान बेलुका ६ः१५ बजे पोखरा अवतरण गरी ७ः१५ बजे प्रस्थान गर्ने गरेको थियो ।

