वर्षाले रोकेन फूलप्रेमी, छाता ओढेरै पुगे गोदावरी प्रदर्शनी
काठमाण्डौ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा वर्षाका बीच पनि अवलोकनकर्ताको चहलपहल देखिएको छ।प्रदर्शनीको दोस्रो दिन लगातार पानी परिरहे पनि फूलप्रेमीहरू छाता ओढेरै मेला स्थल पुगेका हुन्। अवलोकनसँगै विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्री खरिद गर्न दर्शकको उपस्थिति उल्लेख्य रहेको...

