शुक्रबार, कार्तिक १३,२०८३ 06:52:30
  • शुक्रबार, कार्तिक १३,२०८३ 06:52:30
Global IME Bank Limited

वर्षाले रोकेन फूलप्रेमी, छाता ओढेरै पुगे गोदावरी प्रदर्शनी

Bizshala
वर्षाले रोकेन फूलप्रेमी, छाता ओढेरै पुगे गोदावरी प्रदर्शनी
New Office

काठमाण्डौ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा वर्षाका बीच पनि अवलोकनकर्ताको चहलपहल देखिएको छ।

प्रदर्शनीको दोस्रो दिन लगातार पानी परिरहे पनि फूलप्रेमीहरू छाता ओढेरै मेला स्थल पुगेका हुन्। अवलोकनसँगै विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्री खरिद गर्न दर्शकको उपस्थिति उल्लेख्य रहेको आयोजकले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जावलाखेलस्थित प्रदर्शनी स्थलमा विभिन्न रंग, आकार र प्रजातिका गोदावरी फूल सजाइएका छन्। प्रतियोगितात्मक प्रदर्शनी भएकाले व्यावसायिक उत्पादक तथा नर्सरीहरूले आफ्ना उत्कृष्ट उत्पादन प्रदर्शनमा राखेका छन्।

मौसम प्रतिकूल हुँदासमेत अवलोकनकर्ताको उत्साह कायमै देखिनुले फूल तथा पुष्प व्यवसायप्रति सर्वसाधारणको आकर्षण बढ्दो रहेको आयोजकको भनाइ छ।

प्रदर्शनीमा अवलोकनसँगै फूलका बिरुवा, सजावटी पुष्प तथा बगैंचासम्बन्धी सामग्री खरिदको अवसरसमेत उपलब्ध छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.