Capital Market

इलिअट वेभबाट नियाल्दा रिडीको सेयरमूल्य ४०० रुपैयाँसम्म पुग्नसक्ने

काठमाण्डौ । रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर ‘रिडी पावर कम्पनी लिमिटेड’ बनेको छ। सोलार ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ। यही क्षमताभित्र कम्पनीको ८.५ मेगावाटको सोलार पावर पनि सञ्चालित छ।  कम्पनीले लोअर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माण गरिरहेको छ ।