राष्ट्र बैंकको स्ट्रेस टेस्ट : दुई ठूला ऋणी डुब्दा ९ बैंक दबाबमा पर्ने संकेत
काठमाण्डौ । नेपालको बैंकिङ प्रणाली अहिले नै संकटमा छ भन्ने अवस्था छैन। बैंकहरूसँग पर्याप्त तरलता छ, पूँजी पर्याप्तता अनुपात नियामकीय सीमाभन्दा माथि छ र नाफा पनि बढेको छ। तर नेपाल राष्ट्र बैंकले गरेको ‘स्ट्रेस टेस्ट’ले अर्थतन्त्रमा एकैपटक गम्भीर धक्का लागे बैंकहरूको पूँजीगत सुरक्षा कवच अपेक्षाभन्दा कमजोर हुनसक्ने गम्भीर संकेत दिएको छ।राष्ट्र बैंकको ‘फाइनान्सियल...

