वैदेशिक रोजगारीमा जाने बाध्यात्मक स्थिति हटाउने एमालेको घोषणा, स्वदेशमै अवसर दोब्बर बढाउने
काठमाण्डौ । नेकपा एमालेले रोजगारी सिर्जनालाई विकासको मुख्य एजेण्डा बनाउँदै युवालाई स्वदेशमै काम र रोजगारीको अवसर उपलब्ध गराउने जनाएको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गर्दै घोषणापत्रमा रोजगारीका थप अवसरलाई दोब्बर बनाउँदै वैदेशिक रोजगारीमा जाने बाध्यात्मक स्थिति हटाउने प्रतिबद्धता जनाएको छ ।

