काठमाण्डौ । नेकपा एमालेले रोजगारी सिर्जनालाई विकासको मुख्य एजेण्डा बनाउँदै युवालाई स्वदेशमै काम र रोजगारीको अवसर उपलब्ध गराउने जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गर्दै घोषणापत्रमा रोजगारीका थप अवसरलाई दोब्बर बनाउँदै वैदेशिक रोजगारीमा जाने बाध्यात्मक स्थिति हटाउने प्रतिबद्धता जनाएको छ ।
साथै निजी क्षेत्रको आत्मविश्वास बढाउने लगानीमैत्री वातावरण सिर्जना गरी रोजगारी सिर्जना गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।