पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
काठमाण्डौ । भारतको पश्चिम बङ्गालमा हुन लागेको विधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमामा अस्थायी रूपमा कडाइ गरिएको छ। सुरक्षा संवेदनशीलता बढेसँगै दार्जिलिङ जिल्ला प्रशासनले काँकरभिट्टासँग जोडिएको पानीटङ्की नाका ७२ घण्टाका लागि बन्द गर्ने निर्णय गरेको हो।निर्णय अनुसार सोमबार साँझ ६ बजेदेखि लागू भएको नाका बन्द मतदान प्रक्रिया सम्पन्न नभएसम्म कायम रहनेछ।...

