सोमबार, असार १५,२०८३ 11:16:54
Bizshala
  • सोमबार, असार १५,२०८३ 11:16:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आयातको दबाबबीच निर्यातमा सुधार, ९ महिनामा १७ खर्ब बढी वैदेशिक व्यापार

Laxmi Sunrise Bank Limited
आयातको दबाबबीच निर्यातमा सुधार, ९ महिनामा १७ खर्ब बढी वैदेशिक व्यापार

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। भन्सार विभागका अनुसार यस अवधिमा कुल व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। समग्र व्यापार वृद्धिसँगै अर्थतन्त्रमा गतिविधि बढेको संकेत देखिए पनि संरचनागत असन्तुलन भने अझै कायम रहेको छ।

समीक्षा अवधिमा आयात १३.८२ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको आयात भएको थियो। आयातमा निरन्तर वृद्धि हुनु अर्थतन्त्रको बाह्य निर्भरता अझै बलियो रहेको संकेतका रूपमा हेरिएको छ।

New Office
CG Motors
Garima Development Bank

यद्यपि, निर्याततर्फ भने तुलनात्मक रूपमा सकारात्मक सुधार देखिएको छ। चालु वर्षको नौ महिनामा निर्यात १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ थियो। निर्यात वृद्धिले उत्पादनशील क्षेत्र विस्तार हुँदै गएको र बाह्य बजारमा नेपाली वस्तुको पहुँच क्रमशः बढिरहेको संकेत गर्दछ।

तर, आयातको उच्च आकारका कारण व्यापार घाटा अझै गम्भीर चुनौतीका रूपमा कायम छ। यस अवधिमा व्यापार घाटा १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपि, केही संरचनात्मक सुधारका संकेतहरू पनि देखिएका छन्। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा गत वर्षको १२.५७ प्रतिशतबाट बढेर १३.०१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८७.४३ प्रतिशतबाट घटेर ८६.९९ प्रतिशतमा झरेको छ। यसले निर्यातको योगदान बिस्तारै सुदृढ बन्दै गएको देखाउँछ।

त्यस्तै, आयात–निर्यात अनुपातमा पनि सुधार देखिएको छ। फागुनसम्म १ रुपैयाँको निर्यात गर्दा ६.७५ रुपैयाँ बराबर आयात हुने गरेकोमा चैतसम्म आइपुग्दा यो अनुपात ६.६९ मा झरेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.