बूढीगण्डकीको बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने पुलको विकल्पमा बेलिब्रिज, सेना परिचालन
काठमाण्डौ । बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित मोटरेबल पुल बगाएपछि तत्काल वैकल्पिक यातायात सञ्चालनका लागि बेलिब्रिज निर्माण गर्ने तयारी थालिएको छ।दुई जिल्लाबीचको महत्वपूर्ण सडक सम्पर्क टुटेपछि आवतजावत सहज बनाउन बेलिब्रिज जडानको प्रक्रिया अघि बढाइएको हो।गोरखा सडक योजनाका अनुसार बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री सडक...

