टिमुरेमा बाढीको त्रासदी: ‘हामी करिब २०० जना डाँडामा उद्धारको पर्खाइमा छौं’
काठमाण्डौ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे बजार तहसनहस पारेपछि करिब २०० जना स्थानीय डाँडामा पुगेर उद्धारको पर्खाइमा बसेका छन्।गोसाइँकुण्ड गाउँपालिका–२ का वडा सदस्य पेमा दोर्जे घलेका अनुसार बुधबार बिहान अचानक ठूलो आवाजसहित आएको बाढीले केही क्षणमै टिमुरे बजारमा विनाश मच्चाएको हो।उनका अनुसार बिहान करिब साढे ८ बजे ठूलो आवाज सुनिएलगत्तै बाढी बजारमा पसेको...

