ग्यास अभावमा सरकारकै भूमिका रहेको महासंघको आरोप, प्रचारबाजी होइन, डिलरमार्फत आपूर्ति सहज गर
काठमाण्डौ । ग्यास बिक्रेता महासंघले खाना पकाउने एलपी ग्यासको लामो समयदेखिको अभाव समाधानमा सरकार गम्भीर नभएको आरोप लगाएको छ। समस्या समाधान गर्नुपर्ने निकाय नै अनावश्यक प्रचारबाजीमा केन्द्रित हुँदा बजारमा आपूर्ति थप असहज बनेको महासंघको दाबी छ।महासंघले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा सम्बन्धित सरकारी निकायले वास्तविक वितरण प्रणाली सुधार...

